FAQs Complain Problems

संक्षिप्त परिचय

दुहबी नगरपालिका नेपालका ७ प्रदेश मध्ये प्रदेश नं. १ को सुनसरी जिल्लामा अवस्थित छ | नेपाल सरकार (मन्त्रि परिषदको) को मिति २०७१/०१/२५ को निर्णयानुसार गठित आयोगबाट घोषणा भएको दुहबी भालुवा नारापलिकाले ३३.४४ वर्ग किलोमिटर ओगटेको थियो | नेपाल सरकार स्थानीय तह निर्धारण आयोगको २०७३ फागुनको निर्णय अनुसार सुनसरी जिल्लाका अन्य गा.वि.स. सोनापुर, सिमरिया, तनमुना र पुर्वकुशाहा समेतलाई मिलाएर कुल ७६.६७ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको दुहबी नगरपालिका घोषणा गरेको छ | २०६८ सालको जनगणना अनुसार दुहबी न.पा.को कुल जनसंख्या ५६२१६ रहेको छ |पुर्वमा मोरङ जिल्लाको बुढीगंगा गाउंपालिकासंग सिमाना जोडिएको छ भने पश्चिममा गढी गाउंपालिका, उत्तरी भागमा इटहरी उपमहानगरपालिका र दक्षिणी भागमा बुढीगंगा गाउंपालिका र बर्जु गाउंपालिका रहेको छ |
स्थापना: २०७३ वडा संख्या: १२ निर्वाचन क्षेत्र नं.: ३